Rule 83
औषधि उपचार खर्च
: (१) सशस्त्र प्रहरी कर्मचारीले सेवा अवधिभरमा राजपत्राङ्कित श्रेणीको सशस्त्र प्रहरी अधिकृत भए बाह्र महिना बराबरको, राजपत्र अनङ्कित प्रथम श्रेणीको सशस्त्र प्रहरी भए अठार महिना बराबरको र अन्य राजपत्र अनङ्कित र श्रेणी विहीन सशस्त्र प्रहरी भए एक्काईस महिना बराबरको खाइपाइ आएको तलब रकमसम्म उपचार खर्च बापत पाउनेछ ।
(२) कुनै सशस्त्र प्रहरी कर्मचारी वा निजको परिवारको सदस्य बिरामी भएमा उपनियम (१) बमोजिम पाउने रकममा नबढ्ने गरी देहाय बमोजिम भएको खर्चको रकम दिइनेछः–
(क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दा लागेको प्रेस्क्रिप्सन बमोजिम खरिद गरेको औषधि खर्च,
(ख) स्वास्थ्य संस्थामा भर्ना हुँदा र उपचार गराउँदा लागेको बील बमोजिमको खर्च,
(ग) अस्पताल र स्वीकृत चिकित्सक पनि नभएको ठाउँमा भएको उपचारमा सम्बन्धित कार्यालयको प्रमुखले, कार्यालय प्रमुखको हकमा तालुक कार्यालयको प्रमुखले र सशस्त्र प्रहरी महानिरीक्षकको हकमा गृह मन्त्रालयको सचिवले सिफारिस गरेको खर्च,
(घ) प्लाष्टीक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अप्रेशन) गर्दा लागेको बील बमोजिमको खर्च,
(ङ) आफ्नो घर वा डेरा छाडी अर्को जिल्लामा वा विदेशमा गई औषधी उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दाको र फर्कदाको बिरामीको र कुरुवा चाहिने अवस्था भए एक जना कुरुवा सम्मको यातायात खर्चको पूरै रकम र खाना खर्च बापत निज बिरामी सशस्त्र प्रहरी कर्मचारीले नियम अनुसार पाउने दैनिक भत्ताको पचहत्तर प्रतिशत रकम ।
स्पष्टीकरण : यस उपनियमको प्रयोजनको लागि “स्वीकृत चिकित्सक” भन्नाले सरकारी सेवामा रहेका वा प्रचलित कानून बमोजिम चिकित्सकका रुपमा दर्ता भएका डाक्टर, कविराज, हेल्थ असिष्टेण्ट वा वैद्य समेतलाई जनाउँछ ।
(३) सरकारी कामको सिलसिलामा खटिँदा चोटपटक लाग्न गई त्यस्तो चोटपटकको नेपालभित्र औषधि उपचार हुन नसक्ने भनी नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरेको सशस्त्र प्रहरी कर्मचारीले विदेशमा गई उपचार गराउन चाहेमा निजलाई नेपाल सरकारले उचित ठह¥याएको थप आर्थिक सहायता दिन सक्नेछ ।
(४) यस नियम बमोजिम पाउने उपचार खर्च कुनै सशस्त्र प्रहरी कर्मचारीले पेश्कीको रुपमा लिन चाहेमा र सोको कारण मनासिब देखिएमा यस नियमको अधीनमा रही पछि हिसाब बुझाउने गरी पेश्की दिन सकिनेछ । त्यसरी पेश्की दिएको रकम पछि हिसाब गर्दा उपचार खर्च बापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भएजति रकम सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीको तलबबाट किस्ताबन्दीमा कट्टी गरिनेछ । त्यसरी कट्टी गर्नुपर्ने रकम भुक्तान नहँुदै सम्बन्धित सशस्त्र प्रहरी कर्मचारी वा त्यसरी उपचार गराइएको निजको परिवारको सदस्यको मृत्यु भएमा सो कट्टी गर्न बाँकी रकम मिन्हा हुनेछ ।
(५) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकोमा बाहेक अन्य अवस्थामा सेवाबाट अलग हुने सशस्त्र प्रहरी कर्मचारीले यस नियम बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्चमध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी भएको भए त्यस्तो बाँकी रकम एकमुष्ठ लिन पाउनेछ।
(६) बीस वर्ष, पच्चीस वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरी सेवाबाट अलग भएको सशस्त्र प्रहरी कर्मचारीले उपनियम (५) बमोजिम पाउने उपचार खर्चमा लिन बाँकी रकमको क्रमशः दश, पन्ध्र र बीस प्रतिशत थप गरी हुन आउने रकम एकमुष्ट पाउनेछ ।
(७) कुनै सशस्त्र प्रहरी कर्मचारी दश वर्षको सेवा अवधि नपुग्दै भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गरिएकोमा बाहेक अरु जुनसुकै व्यहोराबाट सेवाबाट अलग भएमा पनि दश वर्षको सेवा अवधि मानी त्यसको दामासाहीले यस नियम बमोजिमको उपचार खर्च दिइनेछ ।
(८) यस नियम बमोजिम स्वास्थ्य संस्थामा भर्ना भई वा विदेशमा गई उपचार गराउनु पर्दा बाहेक सशस्त्र प्रहरी कर्मचारीलाई आफ्नो परिवार र आफ्नो निमित्त समेत गरी एक वर्षमा निजले खाइपाइ आएको डेढ महिनाको तलब बराबरको रकमभन्दा बढी उपचार खर्च दिइने छैन । त्यस्तो उपचार खर्चको माग गर्दा रोगको निदान उल्लेख गरिएको चिकित्सकको प्रेस्क्रिप्शन पनि पेश गर्नु पर्नेछ ।
(९) कुनै सशस्त्र प्रहरी कर्मचारीको परिवारको सदस्य बिरामी भई विदेशमा गई उपचार गराउनु पर्दा वा स्वदेशमै अस्पताल भर्ना भई उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेस्क्रिप्शन बमोजिम लागेको औषधि उपचारको खर्चको नब्बे प्रतिशत रकम उपनियम (२) बमोजिम प्रहरी कर्मचारीले पाउने रकम मध्येबाट पाउनेछ ।
(१०) उपनियम (८) र (९) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपचार गराउनु पर्ने सशस्त्र प्रहरी कर्मचारीको परिवारको सदस्य कुनै सरकारी सेवामा वा सरकारी स्वामित्व वा नियन्त्रणमा भएको संस्थाको सेवामा बहालवाला कर्मचारी भएमा त्यस्तो उपचार खर्च पाउने छैन ।
(११) यस नियम बमोजिम सशस्त्र प्रहरी कर्मचारीले पाएको उपचार खर्चको विवरण खर्च लेख्ने कार्यालयले सशस्त्र प्रहरी कर्मचारीको व्यक्तिगत अभिलेखमा राखी सशस्त्र प्रहरी किताबखानामा समेत पठाउनु पर्नेछ ।
(१२) दुर्गम क्षेत्रमा रहेका सशस्त्र प्रहरी कर्मचारी वा निजको परिवार विरामी भई स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार हुन नसकी ज्यान समेत जोखिम हुने अवस्था परेको कुरा जिल्ला स्थित अस्पताल वा स्वास्थ्य केन्द्रले सिफारिस गरेमा उपचारको सुबिधा भएको ठाउँमा लैजादा र त्यहाँबाट फर्काउँदा लाग्ने खर्च नेपाल सरकारले दिनेछ ।
(१३) झुठ्ठा व्यहोरा पेश गरी यस नियम बमोजिम उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा त्यस्तो झुठ्ठा व्यहोरा प्रमाणित गर्ने स्वीकृत चिकित्सक (कर्मचारी भए) लाई विभागीय कारबाही गरिनेछ । त्यसरी उपचार खर्च लिई सकेको भए सो रकम समेत त्यस्तो सशस्त्र प्रहरी कर्मचारीबाट असुल गरिनेछ ।